५ कार्तिक २०८३, बिहिबार

संगीतकार सापकोटाले ल्याए नयाँ वर्षको शुभकामना गीत

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीतकार केशव सापकोटाले नयाँ वर्षको शुभकामना गीत रेकर्ड गराएका छन् ।

जनता म्युजिकको युट्युब च्यानलबाट सापकोटाले गीतलाई रिलिज पनि गरेका छन् । नयाँ वर्षको शुभकामना दिने उदेश्यले गीत रेकर्ड गराइएको उनले बताएका छन् ।

गीतमा स्वर शान्ति रिजाल र रामजी खाँडको रहेको छ । शब्द साजन पराजुलीले लेखेका हुन् । गीतको एरेञ्जर हेमन्त शिशिर हुन् । म्युजिक भिडियोको सम्पादन अमृत चापाइँले गरेका छन् ।