५ कार्तिक २०८३, बिहिबार

मौसमको ‘अलि अलि’ वैशाख १ मा रिलिज हुने, प्रोमोले नै जित्यो टिनेजरको मन (प्रोमो)

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक मौसम नेपाल ‘जुरासिक’ले आफ्नो पहिलो गीत रिलिज गर्दै छन् । नयाँ वर्ष २०७६ को उपलक्ष्यमा मौसमले ‘अलि अलि…’ बोलको गीत रिलिज गर्न लागेका हुन् ।

उनको गीत वैशाख १ गते अर्थात अप्रिल १४ तारिखमा रिलिज हुनेछ । मौसमको यो गीत डेब्यु गीत पनि हो । पहिलो गीतमा मौसम आफैले संगीत दिएका छन् । शब्द रोशनी धौवञ्जारका हुन् ।

¥याप, पप स्टाइलको गीत राम्रो बनेको मौसमको भनाइ छ । गीतको प्रोमो फेसबुकबाट मौसमले छाडेका छन् । म्युजिक भिडियोमा गायक मौसम र मोडल रञ्जना परियार देखिएकी छिन् । म्युजिक भिडियोलाई गणेश सुनारले निर्देशन र छायाँकन गरेका छन् । भिडियोमा सुरेश सापकोटा, कृष्णत बराल र किंगा केम्पाको अभियन देख्न सकिनेछ ।

मौसमको गीतको म्युजिक भिडियो हाइलाइट नेपालले वैशाख १ गते आफ्नो युट्युब च्यानलमा राख्नेछ । ‘मेरो डेब्यु गीत हो’, गायक मौसमले भनेका छन्, ‘सबैले माया गरिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

घरको सांगीतिक वातारणमा हुर्किएका २३ वर्षीय मौसम नर्वेको राजधानी ओस्लोमा बस्छन् । काठमाडौंका स्थायी बासिन्दा मौसमलाई गीत संगीतमा रुचि छ । नेपाली, अंग्रेजी र नर्वेजियन गीत गाउन सक्ने मौसमले अबका दिनमा गायनलाई निरन्तरता दिने बताउँछन् । उनी भन्छन्, ‘घरको सांगीतक माहोलले पनि मलाई गीत संगीतमा लाग्न सहयोग ग¥यो । सानैदेखि गीत संगीतमा लाग्ने इच्छा थियो ।’

मौसमका बुबा मोहन नेपाल स्वयं आधुनिक तथा गजल गायक हुन् । कुनै बेला नेपाली गीत संगीतमा राम्रो स्थान बनाएका मोहन हाल नर्वेमा बस्छन् । मौसमकी आमा रोशनी धौबञ्जार पनि राम्रो गायिका हुन् । उनले पनि थुप्रै गीतहरूमा स्वर दिएकी छिन् ।

https://www.facebook.com/oslopapi/videos/578941312584598/