४ कार्तिक २०८३, बुधबार

कामना सेवाकोे ८१औं शाखा मोरङको विराट चोकमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङको सुन्दर–हरैचान गरपालिकाको वडा नं. १२, विराट चोकमा शाखा सञ्चालनमा ल्याएको छ ।

बिहीबारबाट कारोबार सुरु भएको शाखा कामना विकास बैंकको ८१ औँ शाखा हो । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा शाखाको कारोबार शुभारम्भ गरिएको हो ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखाको उद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवर्द्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको बताए । उनले कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३५ वटा एटीमार्फत ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले जुनसुकै शाखामा रकम जम्माा गर्न र झिक्न सकिने, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।