बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

स्थानीय सरकारको रवैया

दैनिक नेपाल २०७५ चैत १९ गते २१:०२

–वि.वि.श्रेष्ठ
काठमाडौं । संघीयताको कार्यन्वयनमा अल्झिएको नेपालको शासन व्यवस्थाले जनता मात्र नभई सरकारसमेत अलमलमा परेको छ । स्थानीय सरकारलाई नै बलियो बनाएर देश विकासको सपना बोकेर संघीयताको प्रारुपमा अगाडी बढेको सरकार यहि व्यवस्थाको भुमरीमा फँसेको छ ।

स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारलाई दोष दिएर उम्कन खोजेको पाईन्छ भने केन्द्र सरकार प्रदेश र स्थानीय सरकारलाई । यहि प्रदेश, केन्द्र र स्थानीयसरकारको जुगाँको लडाईले आम जनतामा झन झन नैराश्यता उत्पन्न भएको छ । हिजो केन्द्रिकृत शासनमा भए गरेका काम समेत स्थानीयसरकारवाट नहुदाँ आम जनतामा आक्रोश वढ्न थालेको छ ।

त्यसै पनि जनता कम र नेता तथा कार्यकर्ता बढि भएको देशमा राजनैतिक आग्रह पूर्वाग्रहले झन् झन् गिजालेको पाईन्छ । चेतनाविहीन स्थानीय सरकारको नेतृत्व, परिक्षण काल र त्यसमाथि पनि राजनैतिक कार्यथलो बनेको स्थानी यसरकारको रवैयाले झन् झन् जनआक्रोश बढदै गएको पाईन्छ । राजनैतिक पूर्वाग्रहले ग्रसित स्थानीय सरकार आफ्नो आसेपासे र कार्यकर्ताको काम सजिलै गर्ने तर विपक्षी जनता र फरक पार्टीमा आस्थावान् जनताका काममा संविधान, ऐन नियम र विनियम देखाएर पन्छिन खोज्ने प्रवृत्ति घातक वन्दै गईरहेको छ ।

राजनैतिक चेतनामा वृद्धि विकास हुन नसकेको नेतृत्वको यहि कार्यशैलीले स्थानीय सरकार र जनताबीचको दूरी बढ्दै गईरहेको पाईन्छ । सरकारको मेरुदण्डको रुपमा रहेको निजामति तथा कर्मचारीको पनि राजनैतिक तरलता जनतालाई थप पिडा र आक्रोश बढेको पाईन्छ ।

चालक बन्नसमेत योग्यता चाहिने नेपालको सन्दर्भमा राजनीति भने सवैको लागि सहज बनेको छ । कुनै योग्यता, दक्षता र दूरदृष्टि पनि नचाहिनेहरुको नेतृत्वमा स्थानीय, प्रदेश र केन्द्र सरकारको नेतृत्वमा हालीमुहालीले देशका योग्य, क्षमतावान् नवजवानहरु बाहिरीन विवश बनेका छन् । स्थानीय तवरमा नै केहि गर्ने सोच बनाएको व्यक्तिहरु स्थानीय स्तरको ऐन, कानुन र संविधानको झंन्झटले पलायन हुन वाध्य छन् ।

सरकार, शक्ति र सत्ता क्षणिक हुन् जुन साधन मात्र हुन् । साध्य हुन सक्दैन भन्ने समान्य चेतना समेत नभएको नेतृत्वकर्ता रहुन्जेलसम्म देश र जनता समृद्ध बन्न सक्दैन ।

जन्म दर्ता, होस वा अन्य काम कारवाही स्थानीयसरकारको हैरानीमा थकित भएका जनताहरुका लागी संघीयता निल्नु न ओकाल्नु भएको छ । केन्द्रीय सरकार, प्रदेश र प्रदेश सरकार स्थानीय नेतृत्वको कमजारीको पौठेजोरीमा लडाईमा अभ्यस्त वनेका छन् । केन्द्रीकृत सरकारमा एकै दिनमा फत्ते हुने काम स्थानीय सरकारमा लामो समय लाग्ने प्रवृत्तिले संघीयता नै धरापमा पर्ने हो कि भन्ने आशंका जन्माएको छ । तीनै तहको लडाईमा गुज्रिएको लामो समय विकाश निर्माण भन्दा पनि स्थानीयनेतृत्वको नेतृत्वकर्ता विलासी लालचाले झन झन जनतामा वितृष्णा जन्माईदिएको छ ।

कुर्सि र सत्ता सधै आफनै मात्र हो भन्ने सोचमा रहेको स्थानीय तह होस वा प्रदेश, सवैको त्यो घमण्डको पराकाष्टले जंगवहादुरको शासन अन्त्य भएता पनि सयौ जंगवहादुरहरु जन्मिएको आभास पाउन सकिन्छ । जनताको चाहना र भावना भन्दा पनि खोक्रो शोख र शक्तिमा लिप्त सरकारहरु जसरी हुन्छ, कमाउ धन्दामा लागेको पाईन्छ । विकास र समृद्धिको नाममा विभिन्न शिर्षकमा सयौ प्रतिशत कर वढाएका स्थानीयसरकारहरु जनताको चाहनामा होईन, आफनो संकिर्णता र स्वार्थमा लिप्त वन्दै गएका छन् ।

संघीयता आफैंमा नराम्रो व्यवस्था होईन र हुन पनि सक्दैन, तर त्यसको नेतृत्वकर्ताको योग्यता, क्षमताको कसीले यसको मापन गर्न सकिन्छ । चुनौतिको वीचमा उभिएको तीनै तहको सरकारको नेतृत्वकर्ताको सुझवुझपूर्ण व्यवहारले नै यसको सफलताको मापन गर्न सकिन्छ । राजनैतिक आग्रह, पुर्वाग्रह भन्दा माथि उठेर, समाज र देशको नेता हुन ल्याकत नभएका नेतृत्वकर्ताले गर्दा संघीयतालाई नै दुषित वनाईदिएको छ । यसको मुल जरो भनेको नै राजनिती हो ।

शक्तिको उन्मादमा उम्लिएको स्थानीय सरकारको रवैया हेर्दा लाग्दछ, उ नै सर्वेसर्वा हो, अमर र एकाकार हो । यहि रवैयाको भुमरीमा पिल्सिएको नेपाली जनता सिहंदरवार गाँउ गाँउमा होईन, सिहं गाउँ गाँउमा आएको अनुभुतिमा पिल्सिएका छन् । राजनैतिक दल निश्चित उद्येश्य पुर्तिका लागी क्रियाशिल वनेको हुन्छ ।

आफनो कार्यकर्तालाई मात्र जनता देख्ने परीपाटीको जबसम्म अन्त्य हुदैन, तबसम्म देश र समाज यहि अस्थिरताको जगमा नै रुमलिई रहने पक्का छ । विपक्षी जनतालाई दुःख दिने मनसाय भनेको नेतृत्वकर्ता नै स्वस्खलित हुने आधारस्तम्भ हो भन्ने बुझ्न अब तीनै सरकारका नेतृत्वकर्ताले ढिला गर्नुहुँदैन ।

जव निर्वाचन पाश्चात आएको नेतृत्व आम जनताको वन्न सक्दैन, जनता र सरकार वीचको दुरी कदापी घट्न सक्दैन । यहि अस्थिरताको खाडल पुर्न सकिएन भने संघीयता देखाउने दाँत शिवाय केहि हुन सक्दैन । आफनो कमजोरी लुकाउन, माथिल्लो सरकार देखाउने परिपाटीमा रमाउन अभ्यस्त नेतृत्वकर्ता आफनो योग्यता, क्षमता देखाउन होईन, अर्काको कमजोरी देखाएर आफु राम्रो देखिन हरदम प्रयासरत देखिन्छन् ।

सरकार, शक्ति र सत्ता क्षणिक हुन् जुन साधन मात्र हुन, साध्य हुन सक्दैन भन्ने समान्य चेतनासमेत नभएको नेतृत्वकर्ता रहुन्जेल सम्म देश र जनता समृद्ध वन्न सक्दैन । समृद्ध नेपालको नारा केवल नारामा मात्र सिमित हुनेछ । समाज र जनताको भावना वुझेर जवसम्म तीनै तहको सरकार अगाडी वढ्ने कोशिश गर्देन, तवसम्म विकास र समृद्धि हुन सक्दैन ।

आफनो कार्यकर्तालाई मात्र जनता देख्ने परिपाठीको जवसम्म अन्त्य हुदैन, तवसम्म देश र समाज यहि अस्थिरताको जगमा नै रुमल्लिरहने पक्का छ । विपक्षी जनतालाई दुख दिने मनसाय भनेको नेतृत्वकर्ता नै स्वस्खलित हुने आधारस्तम्भ हो भन्ने वुझन अव तीनै सरकारको नेतृत्वकर्ताले ढिला गर्नुहुदैन । सधै जनतालाई भेडा सम्झने नेतृत्वकर्ताहरु अव त्यो कमजोर मानसिकतावाट वाहिर निस्कने हिम्मत गर्नुपर्दछ । नभए यो विज्ञान र संचारको युगमा पनि त्यहि पुरानो पुरातनवादी सोच, एकात्मक शैली र दम्भ देखाईरहयो भने त्यसको अन्त्य निश्चित छ ।

राजनैतिक आग्रह र पुर्वाग्रहले ग्रसित मानसिकतामा जवसम्म परिवर्तन नेतृत्वकर्तामा आउन सक्दैन, विकास र सम्वृद्धि कदापी सम्भव छैन । आफनो असक्षमता ढाक्न अरुको कमजोरी खोतल्न थालियो भने त्यसले विकास होईन विनास निम्त्याउछ । जुन कसैको लागी पनि हितमा हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित