४ कार्तिक २०८३, बुधबार

किन बस्यो न्याय परिषद बैठक ? यस्तो छ कारण

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ चैत । न्याय परिषद्को बैठक बसिरहेको छ । सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बसेको हो । बैठकमा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको बारेमो छलफल चलिरहेको सहभागी एक सदस्यले बताए ।

उनका अनुसार सर्वोच्चको टुङ्गो लागेलगत्तै उच्च अदालत र जिल्ला न्यायाधीशको छलफल सुरु हुनेछ । सर्वोच्च अदालतमा ५ न्यायाधीश रिक्त रहेको छन् । रिक्त पदमा योग्यता पुगेका उच्च अदालतका मुख्य न्यायाधीश र कानुन व्यवसायीबाट कुन संख्यामा ल्याउने विषय किनारा लागेपछि नाममा छलफल हुनेछ ।

परिषदमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा अध्यक्ष रहेका छन् । वरिष्ठ सदस्यमा दीपककुमार कार्की र अन्य सदस्यहरूमा कानुनमन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक रहेका छन् । सिटौला कांग्रेस र वैदिक तत्कालीन माओवादी कोटाबाट परिषद सदस्य भएका थिए ।

परिषद स्रोतका अनुसार ३ जना कानुन व्यवसायीबाट र दुई जना मुख्य न्यायाधीशबाट न्यायाधीश सर्वोच्च भित्राउने विषयमा छलफल भइरहेको छ । नेकपाबाट दुई र नेपाली काँग्रेसको कोटामा एक जना सिफारिसमा पर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।