काठमाडौं । निर्माता निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ फिल्म ‘रातो टीका निधारमा’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय रहने भएको छ । अशोकले आफ्नो नयाँ फिल्मका लागि उनलाई साइन गरेका छन् ।
छोरा अंकित शर्माको अपोजिट भूमिकाको लागि अशोकले साम्राज्ञी लिएका हुन् । महंगो पारिश्रमिकमा फिल्मका लागि साम्रज्ञी फाइनल भएको बताइएको छ ।
हुन त शर्माले गत दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’मा पनि साम्राज्ञी लिन चाहन्थे । सो समय उनको फिल्म अभिनय सम्भव नभएपछि स्वस्तिमा खड्का लिएका थिए ।
‘रातो टीका निधारमा’ फिल्मका लागि यसअगाडि नीता ढुंगाना, रविन्द्र झा, वुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकार छानिएका छन् ।
वैशाख अन्तिम साताबाट छायांकन सुरु हुने बताइएको फिल्मको अहिले गीत रेकर्डिङ भइरहेको छ ।















प्रतिक्रिया