
काठमाडौँ, १७ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं १०, बानेश्वरमा आइतबार आफ्नो ७८औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा राजधानीको लागि छैठौँ शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकले हालसालै प्रस्तुत गरेका विभिन्न अभूतपूर्व प्रोडक्ट्सहरुको बारेमा संक्षित जानकारी दिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले कुनैपनि शाखाबाट रकम झिक्न र राख्न, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वा लगायतका माध्यमबाट पनि सेवा प्रदान गरिरहेको छ । बैंकले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना पनि बनाएको छ ।















प्रतिक्रिया