४ कार्तिक २०८३, बुधबार

सिनेपको १६औँ वार्षिक साधारण सभा तथा निर्माण सम्बन्धी सम्मेलन सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । स्ट्रक्चरल ईन्जिनियर्स् असोसिएशन नेपाल (सिनेप) को १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्ट प्रालिका आनन्द नेपालको आथित्यमा ‘भूकम्पिय प्रतिरोधात्मक संरचनाको गुणस्तरीय निर्माण’ भन्ने मूल नारा सहित कार्यक्रम सम्पन्न भएकोे हो ।

ईञ्जिनियर आनन्द नेपालले रिद्धि सिद्धि सिमेन्ट एवं जगदम्बा स्टिल्स्को उत्कृष्ट गुणस्तर तथा यिनको उत्पादनमा प्रयोग हुने नवीनतम प्रविधिको बारेमा जानकारी प्रदान गरे ।

सम्मेलनमा जगदम्बा स्टिल्स् प्रालिबाट उत्पादित राइनो ५०० डि स्टिल्स् बारे जानकारी गराए । उनले राइनो ५०० डि स्टिल्स् उत्पादन हुने प्रक्रिया तथा यसको उपयोगिता बारे विस्तृत जानकारी दिए ।

त्यसैगरी, कार्यक्रममा बोल्दै संघका सेक्रेटरी डा. भरत मण्डलले सिनेपका गतिविधिहरुका बारेमा उपस्थित सबैलाई अद्यावधिक गराए । मण्डलले कार्यक्रममा बोल्दै अनलाइन सदस्यता नविकरण गर्न सकिने तथा नयाँ सदस्यहरुले अनलाइन आवेदन प्रस्तुत गर्न सक्ने संघको नयाँ डाइन्यामिक वेबसाइटका बारेमा पनि जानकारी दिए ।