
काठमाडौं, १६ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल)मा तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले आज डेब्यु गराउने चर्चा छ ।
घरेलु मैदानमा हुने खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध लामिछानेको आक्रामक बलिङका लागि दिल्ली तयारी अवस्थामा छ । यी दुई टिमबीचको खेल फिरोज शाह कोटला रंगशाला दिल्लीमा साँझ ८ः१५ बजेदेखि शुरु हुँदैछ ।
दिल्ली क्यापिटलले पनि सन्दिपलाई डेब्यु गराउन सक्ने संकेतका आधारमा १६ घन्टा अघि उनको अन्तरवार्ता ट्वीट गर्दै भनेको छ,‘अन द पिच ट्यालेन्ट, अफ द पिच मजेदार ।’
२ खेलमा शानदार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको कोलकातालाई हराउँदै पहिलो जीत निकाल्नका लागि सन्दिप नै डेब्यु गराउन सक्ने अनुमान गरिएको छ ।
सन्दिपलाई दिल्लीले अहिलेसम्म नखेलाएको विषयमा पछिल्लो पटक क्रिकेट पण्डितहरूले आलोचना गरेका थिए । उक्त आलोचना र विश्लेषणका आधारमा पनि सन्दिपलाई खेलाउने मुडमा दिल्ली पुग्न सक्ने जनाइएको छ ।
दिल्ली क्यापिटल्सले लामिछानेसहित श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), शिखर धवन, पृथ्वी शा, राहुल देवटीया, इशान्त शर्मा, अमित मिश्रा, सन्दीप लामिछाने, ट्रेन्ट बोल्ट, कोलिन मुनरो र क्रिस मोरिसलाई पिचमा उतार्न सक्ने अनुमान गरिएको छ ।















प्रतिक्रिया