५ कार्तिक २०८३, बिहिबार

दिशा पटानीको तस्वीरले विवाद उत्पन्न

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानी प्रेमसम्बन्धका कारण चर्चामा छन् ।

दुवैजना फिल्म ‘बागी २’मा सँगै देखिएका थिए । दिशा सामाजिक सञ्जालमा खुब क्रियाशील छिन् । हरेक दिन तस्बिर या भिडियो सेयर गरिरहन्छिन् ।

हालै दिशाले जब पिंक बिकिनीमा फोटो पोस्ट गरिन्, फ्यानका साथै टाइगरले पनि कमेन्ट गरिदिए । टाइगरले दिशाको बोल्डनेसको प्रशंसा गर्दै ताली बजाएको इमोजी राखेका छन् । दिशा हट लागेको अर्थ आउने कमेन्ट गरेपछि फ्यानहरूले टाइगरलाई उडाउने किसिमको प्रतिक्रिया जनाएका छन् ।

टाइगरलाई मेन्सन गरेर एक प्रयोगकर्ताले लेखेका छन्, ‘रोक यार, आफ्नी प्रेमिकालाई !’ योभन्दा पहिला पनि दिशाले बिकिनीमा फोटो पोस्ट गरेकी थिइन् र ट्रोलको सिकार भएकी थिइन् । अहिलेसम्ममा दिशाको फोटोमा १५ लाखभन्दा ज्यादाले लाइक गरेका छन् भने १५ हजारभन्दा ज्यादा कमेन्ट छन् ।