८ कार्तिक २०८३, आइतबार

यी दुई सांसदलाई पनि छाडेनन दलालले

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौँ ठगी गरेको खुलेको छ ।

अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरूकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौँ उठाएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए ।