८ कार्तिक २०८३, आइतबार

मन्त्रीको कार्यक्रममा दलितहरूलाई प्रवेशमा रोक

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १५ चैत । बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ ।

बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार शुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महाययज्ञको तयारीका काममा भने दलितहरू खटेका थिए । मण्डप बनाउने, सफा गर्ने काम दलितले पनि गरेका थिए ।

उनीहरूले प्रतिघर एक हजारका दरले चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरूलाई बस्न नदिइएको स्थानीय राजेश चमारले बताए ।

महायज्ञ आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनको दिन आफूहरूलाई पूजामा बस्न नदिएको चमाले बताए ।