
काठमाडाैँ । प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ हुने भएको छ ।
सामना म्युजिक क्रियसन प्रालि आयोजक रहेको अवार्डको उद्देश्य अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए ।
नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार्डले संगीतको क्षेत्रमा क्रियाशिल कलाकारको आत्मसम्मान र क्रियाशिल भैरहन प्रेरणा मिल्छ भन्ने आयोजकको विश्वास छ ।
नेपाली लोक गीत, आधुनिक, पपर लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा अवार्ड आयोजना गर्न लागिएको आयोजक कमिटीकी अध्यक्ष सामना शाहले बताइन ।
अवार्ड कार्यक्रममा आफनो सहभागिता जनाउन चाहने सष्ट्रा तथा सर्जकलाई आवेदन फारम खुल्ला गरिएको पनि आयोजकले जनाएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले अवार्डमा सहभागिता जनाउन सक्ने छन ।
गायक गायिकाको हकमा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने छन् । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १० गते सम्म रहेको आयोजकले जनाएको छ।
आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यलयमा फोन न ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सामना म्युजिक क्रियसन प्रालिका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।















प्रतिक्रिया