४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंक र एनएमबी क्यापिटलबीच सम्झौता

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । माछापुच्छ्रे बैंक लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिवेञ्चर–२०८५’ नामक रु ३ अर्ब ऋणपत्र निष्काशन गर्नका लागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत घिमिरेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पूर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।

ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिई बैंकले विक्रिको लागि आवेदन खुल्ला गर्ने छ ।

ऋणपत्रको प्रमुख विशेषताहरु यस्ता छन् : 

१. बार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे

२. प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३०,००,००० कित्ताको जम्मा रु. ३,००,००,००,०००।– (तीन अर्व रुपैयाँ मात्र) निष्काशित ऋणपत्रमा १८,००,००० (अठार लाख) कित्ता ऋणपत्र परिपत्र विधि (Private Placement) बाट र १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने

३. ऋणपत्रको अवधि १० बर्ष रहने

४. नेपाल स्टक ऐक्स्चेन्जमा सुचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा विक्री गर्न सकिने

५. बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिने

६. अर्ध बार्षिकरुपमा (६/६ महिनामा) ब्याजको भुक्तानी गरिने