४ कार्तिक २०८३, बुधबार

एनसीसी बैंक अवकाश कोषद्वारा,संचित बचतको लाभांश वितरण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल क्रेडिट एण्ड कमर्श बैक लि. अन्तर्गत रहि नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्ष देखि छुट्टै यूनिटको रुपमा संचालित रहदै आएको छ ।

एन. सी. सी. बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १२२ शाखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९० प्रतिशत   सम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुलाई संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गरिरहेको छ ।

कोषले गत २०७५ आषाढ मसान्तसम्मको संचित बचतबाट ७० प्रतिशत रकम रु. ३ करोड ६२ लाख ७० हजार रुपैयाँ आफ्ना करिव २०० भन्दा बढी संघ सस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश रकम निजहरुकै सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको छ ।

उक्त कोषले विगत वर्षहरुमा पनि आफ्ना  संचित बचत रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष रु. १५ हजार सम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि प्रदान गर्दै आईरहेको छ ।