४ कार्तिक २०८३, बुधबार

नयाँ वर्षमा महिन्द्राको बन्डल अफर

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ८ चैत्र । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा “खुशी आउछ बन्डलमा” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम रु १० हजार देखि १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्ने भएका छन् । एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ ।

यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने छ ।
लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेज  www.facebook.com/mtwlnepal  मा प्रत्यक्ष प्रसारण मार्फत गरिने छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्निग्रुप प्रा.लि. अन्तर्गत अग्नीइन्कर्पोरेटेड प्रा.लि., अग्निइनर्जी प्रा.लि., अग्निमोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।