
काठमाडौँ, ११ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बारा जिल्लाको निजगढ नगरपालिका–७ स्थित निजगढमा शाखा स्थापना गरेको छ । सोमबार सञ्चालनमा आएको शाखा बैंकको ७४औँ शाखा हो ।
बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं. २ मा यो सँगै ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।
व्यापार विस्तारलाई तीब्रता दिने उद्देश्यसहित बैंकले यसै सप्ताहन्तरमा मात्र ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भइरहेको बताए ।
काठमाडौं–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले अन्तर शाखा कारोबार, इन्टेरनेट बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सि–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया