४ कार्तिक २०८३, बुधबार

क्रोएसिया युरोकपको छनौट चरणमै पराजित

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ चैत । विश्वकप फुटबलको फाइनलिस्ट क्रोएसिया युरोकप फुटबल २०२० को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ ।

समूह ई मा रहेको क्रोएसिया आइतबार राति भएको खेलमा हंगेरीसँग २–१ ले पराजित भएको हो ।

हंगेरीको जितमा स्जालाई र पाट्काईले गोल गरे । क्रोएसियाका लागि रिबिकले एक गोल फर्काए । समूह ई कै अर्को खेलमा वेल्सले स्लोभाकियालाई १–० ले हराएको छ ।

अरु खेलमा इजरायलले अस्ट्रियालाई ४–२ तथा पोल्याण्डले लात्भियालाई २–० ले हराएको छ ।

स्लोभेनिया र मेसेडोनियाले १ –१ को बराबरी खेलेका छन् ।