८ कार्तिक २०८३, आइतबार

नारायणकाजीले ओली सरकार ढाल्ने !

50.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी ओलीमा राजनीतिको नाममा ‘र’ पनि ज्ञान नभएको, आत्मेन्द्रित व्यक्तिावादी, पार्टीभन्दा आफूलाई माथि राख्ने, मपाइँत्व, राजनीतिक चेतना शून्य, सामन्तवादी हठ रहेको कमल थापा जस्तै, प्रतिगामी सोँच रहेको कम्युनिस्ट चरित्र एक प्रतिशत पनि नरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठको बुझाइ रहेको उनी निकटको स्रोतको भनाइ रहेको छ ।

श्रेष्ठले पनि जति दिन केपी ओली प्रधानमन्त्रीमा आसीन हुन्छन् त्यति नै देश थप बर्बादीमा जान्छ भनेर आक्रोस व्यक्ति गर्दै आएका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

कम्युनिस्ट पार्टी विचार, राजनीति, संगठनात्मक र अलग कार्यशैलीले चल्ने भएपनि नेकपा नेपाली कांग्रेसको भन्दा पनि प्रतिगामी यात्रामा जान लागेकाले केपी ओलीको नेतृत्वको सरकारलाई ढाल्न आफूले पहल लिइरहेको आफ्ना निकटका कार्यकर्तालाई प्रवक्ता श्रेष्ठले बताउने गरेको स्रोतले जनाएको छ ।