८ कार्तिक २०८३, आइतबार

पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् ।

उनीहरूको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग गरेका सिमकार्ड उनीहरूले फालिसकेको प्रहरीले जनाएको छ ।

बरामदमध्ये कतिपय सिमकार्ड प्रयोग नगरिएका समेत छन् । ओलीले आफूले पक्राउ पर्ने डरले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग नगर्ने गरेको समेत खुलेको छ ।