
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन् ।
नेत्री जयललिताको जीवनीमा आधारित फिल्मका लागि उनले २४ करोड भारतीय रकम अर्थात् झन्डै ४० करोड नेपाली रुपैंया लिएको भारतीय समाचार संस्थाले जनाएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार यसअघि करिना कपुर खानले वीर दि वेडिङका लागि १० करोड भारु लिएकी थिइन् ।
जयललिताको जीवनीमा आधारित फिल्मका विषयमा बोल्दै रनावतले क्षेत्रीय फिल्म खेल्न आतुर रहेको बताएकी थिइन् । उनले जयललिताको जीवन आफ्नो सँग मेल खाए पनि निक्कै सफलतापूर्ण रहेको बताएकी थिइन् ।















प्रतिक्रिया