६ कार्तिक २०८३, शुक्रबार

जस्टिन र हैलीबीच विवाद, पर्कमा भयो बबाल

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । जस्टिन बिबर र हैली बाल्डविनको वैवाहिक जीवन राम्रोसँग चलिरहेको छैन । उनीहरूलाई हालै पार्कमा विवाद गरिरहेको अवस्थामा पश्चिमी मिडियाले फेला पारेका थिए ।

डेलिमेलका अनुसार जस्टिन र हैलीलाई गत शनिबार बिहानै सार्वजनिक रूपमा झगडा गरिरहेको भेटिएको हो । क्यालिफोर्नियाको एक पार्कमा रिसाएर बसेका उनीहरूमा तनाव बढिरहेको प्रस्टै देखिन्थ्यो । विवादका क्रममा जस्टिन बारबार बसेको ठाउँबाट उठेर जाने प्रयास गरिरहेका थिए ।

केही समयअघि जस्टिनले तनावका कारण आफूलाई संसारभन्दा टाढा रहेको महसुस भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘म सधैँ आफूलाई सम्झाउँछु, यसैकारण ज्यादा चिन्तित हुँदिनँ । मात्र तपाईंहरूसम्म जानका लागि कोसिस गर्छु र मेरा लागि प्रार्थना गरिदिनुहोस् भन्ने चाहन्छु ।’

उनले आफ्नो भगवान्प्रति पूर्ण विश्वास भएको र प्रार्थनाले काम गर्ने बताएर फ्यानहरूलाई धन्यवाद दिएका थिए ।

जस्टिन र हैलीले गत वर्ष विवाह गरेका थिए । जस्टिनले लामो स्टाटस लेखेर यसबारे पुष्टि गरेका थिए । उनीहरूले पेपर म्यारिज गरेका हुन् ।