
काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबारको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्स सामु ७१ रनको समान्य लक्ष्य प्रस्तुत गरेको छ ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन मात्र बनाएपछि चेन्नईले ७१ रनको लक्ष्य पाएको हो ।
बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन बनाउनु बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कप्तान विराट कोहली ६ रनमै पेभिलोन फर्के । चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३/३ विकेट लिए ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शनिबारबाट शुरु भएको हो ।















प्रतिक्रिया