४ कार्तिक २०८३, बुधबार

साफ उपविजेता महिला खेलाडीले जनही २ लाख ५० हजार पाउने

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । शुक्रबार सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला टोलीका प्रत्येक सदस्यले २ लाख ५० हजार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा) ले नेपाली टोलीका प्रत्येक सदस्यलाई १÷१ लाख दिने घोषणा गरेको छ । एन्फाको शनिबार विराटनगरमा बसेको १८ औं बार्षिक साधारण सभाले जनही एक लाख रुपैयाँ दिने निर्णय गरेसँगै नेपाली महिला टोलीका प्रत्येक सदस्यले २ लाख ५० हजार पाउने भएका हुन् ।

यसअघि प्रदेश एक सरकारले पनि उपविजेता बनेको टोलीका सदस्यलाई जनही एक लाख दिने निर्णय गरेको थियो भने विराटनगर महानगरपालिकाले पनि ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।