
काठमाडौं, ८ चैत । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि भारतले जितेको छ । विराटनगरमा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई १ का विरुद्ध ३ गोलले हराउँदै भारत साफ च्याम्पियन बनेको हो ।
ऐतिहासिक पाँचौं पटक च्याम्पियन हुने क्रममा भारतले शुक्रबार नेपालमाथि सहज जित हात पारेको हो ।
विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।
खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।
६३ औ मिनेटमा भारतकी ग्रेस डाङ्मेयीले गोल गर्दै भारतलाई पुन २–१ को अग्रता दिलाईन् ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अन्जु तामाङले ७८ औ मिनेटमा गोल गर्दै नेपालको उपाधि सम्भावना समाप्त पारेकी हुन् ।
चौथो पटक फाईनल पुगेको नेपाल फेरि पनि रित्तो हात रहनुु परेको हो ।















प्रतिक्रिया