
काठमाडाैँ, ८ चैत । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फाइनल खेलको पहिलो हाफमा नेपाल-भारतले १/१ गाेल गरेका छन् ।
विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा नेपालको तर्फबाट सावित्रा भण्डारी र भारतका तर्फबाट डालिमा छिपरले गाेल गरेकी थिइन् ।
खेलको सुरुवातबाट नेपालले दबाब बनाएपनि अग्रता भारतले लिएको थियो । खेलको २६ औ मिनेटमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । उनले ३० यार्ड टाढाबाट हानेको प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन् ।
लगत्तै नेपालकी भण्डारीको गोलमार्फत खेलमा फर्किएको थियो । खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी हुन् । उनले गिता राईको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल रहिन् ।
पहिलो हाफको ईन्जुरी समयमा फरवार्ड सावित्रा वान भर्सेस वानमा गोल गर्न चुकिन् । उनले प्रहारलाई भारतीय गोलकिपरले असफल बनाउन सफल रहिन् ।
मुख्य प्रशिक्षक हरी खड्काले सेमिफाईनलमा उतारेको टिमलाईनै फाईनल खेलमा समावेश गरेका छन् ।
नेपालले च्याम्पियनसिपको उपाधि टोलीका प्रत्येक सदस्यलाई २/२ लाख पुरस्कार दिने प्रदेश १ काे सरकारले घाेषणा गरिसकेको छ । दाेस्रो हाफ केहीबेरमा सुरु हुनेछ ।















प्रतिक्रिया