५ कार्तिक २०८३, बिहिबार

निर्देशक गौतमद्वारा स्पाइनल इञ्जुरीका बिरामीलाई सहयोग प्रदान

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । फिल्म निर्देशक एवम् युवा व्यवसायी एल.एन. गौतमले आफ्नो जन्मदिनका अवसरमा स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेका बिरामीहरूलाई सहयोग गरेका छन् ।

भक्तपुरको साँगामा रहेको स्पाइनल इन्जुरी पुनस्थापना केन्द्रमा उपचार गराइरहेका करीव ७५ जना बिरामीलाई गौतमले कपडासहितका सहयोग प्रदान गरेका हुन् ।

‘जन्मदिनका अवसरमा फजुल खर्च कटाएर स्पाइनल इञ्जुरीका बिरामीलाई दिएको हुँ । धेरै ठूलो सहयोग छैन’, उनले भने, ‘६–७ वर्षदेखि मैले आफ्नो जन्मदिनका अवसरमा अनाथालय, वृद्धाआश्रम र यस्तै यस्तै संस्थामा पुगेर मनाउने गरेको छु ।’

नेपाली फिल्महरू बनाइसकेकाको गौतमले अर्को नयाँ फिल्म बनाउने तयारीमा छन् । नयाँ फिल्मलाई निर्देशन पनि गौतमले गर्ने सोँच बनाएका छन् ।

यसैबीच, गौतमले सामाजिक संस्था खोल्ने योजना बनाएका छन् । सोही संस्थाबाट असाहय र अनाथहरूको सहयोग गर्ने उनले बताए ।