४ कार्तिक २०८३, बुधबार

‘राष्ट्रिय खेलकूद प्रतियोगिता वैशाखमा’

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भद्रपुर, ७ चैत । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अगामी वैशाखमा हुने बताउनुभएको छ ।

बिहिबार झापाको भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधीन दोस्रो कभर्डहलको निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले वैशाख पहिलो सातादेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले उद्घाटनको मिति तोक्ने उहाँले बताउनुभयो । बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने यसअघि नै निधो भइसकेको छ ।

“चैतको तेस्रो सातादेखि प्रतियोगिता शुरु गर्ने योजना बनाएका थियौँ”, मन्त्री विश्वकर्माले भन्नुभयो, “रङ्गशालामा प्यारापिटलगायत आवश्यक पूर्वाधार निर्माण सम्पन्न हुन ढिलाइ हुँदा मिति परिवर्तन गर्नुपरेको हो ।” – रासस