सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

लोक गीत ‘अन्तिम सास’ बजारमा

दैनिक नेपाल २०७५ चैत ७ गते १४:०२

काठमाडौं ७ चैत्र । कमल पौडेलको लोक गीत ‘अन्तिम सास’ बजारमा आएको छ ।

बुर्तिबाङ म्युजिकबाट बजारमा आएको भाकामा पूर्णकला विसी र अर्जुन भुसालले स्वर भरेका छन् । गीतमा कमल पौडेलले शव्द र अमृतबाबु रोकायले लय सिर्जना गरेका हुन । राजकुमार मगरले निर्देशन गरेको भिडियोमा आशा खड्का र आर.के पोख्रेलले अभिनय गरेका छन् । गीतलाई अमृतबाबु रोकायको व्यक्तिगत युटुव च्यानलबाट बजारमा पठाइएको छ ।

‘मेरो कोमल मनमा चोट लायौ,
आफ्नो स्वार्थ पुगेसी खोट लायौ’

अन्तिम सास फर्दै छ है मेरो परानले,
तिमी बिना बाच्नुको के अर्थ सारा संसार त्याग्दै छु म तिम्रै कारणले

वियोगान्त शैलीमा तयार पारिएको गीतले दर्शक श्रोताको मन जित्ने आशा लिएको सर्जक पौडेलले बताए । स्वर, शव्द, लय र अभिनय सबै पक्षमा राम्रो मेहनत गरेकाले गीतले अपेक्षित सफलता लिन सक्ने गायक भुसालले विश्वास लिए ।

प्रतिक्रिया
सम्बन्धित