
काठमाडौं, ६ चैत । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि नेपालले भारतलाई प्रतिद्वन्द्वी पाएको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४–० ले पाखा लगाउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।
खेलको १८ औं मिनेटबाट अग्रता लिएको भारतले पहिलो हाफ सकिँदासम्म ३–० को स्थितिमा पुर्याएको थियो । दोस्रो हाफको ईन्जुरी समयमा एक गोल थप्दै भारतले ४–० को जित हात पारेको हो ।
यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० कै अन्तरमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो ।















प्रतिक्रिया