४ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्व फराकिलो जित निकाल्दै नेपाल फाइनलमा

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । साफ च्याम्पियनसिप महिला फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको छ । जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार भएको खेलमा नेपालका रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरे ।

नेपालले खेलको ४२ औ मिनेटमा पुजन जर्घामगरको गोलबाट अग्रता लिएको हो ।

७३ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारिन् । ८३ औ मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई ३–० को स्थितीमा पु¥याएकी थिईन् । त्यसको तीन मिनेटपछि रेखाले डेब्यु गोल गर्दै नेपालको अग्रता ४–० पुराएकी हुन् ।

नेपालले अब फाईनलमा भारत र बंगलादेशको बिजेतासंग खेल्नेछ । यी दुई टोलीबीचको खेल बुधरबार दिउँसो हुँदै छ ।

नेपाल समुह ‘ए’को विजेता र श्रीलंका समुह ‘बी’को उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गरेका हुन् ।