६ कार्तिक २०८३, शुक्रबार

परि तामाङ प्रहरी फन्दामा, अर्चना पनेरु कहाँ ?

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नो अश्लील भिडियो आफैंले खिचेको स्वीकारसहित अश्लील अन्तरवार्ता दिने मोडल भनिएकी परि तामाङसहित तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

अश्लिल अन्तरवार्ता, उत्तेजित गफगाफ गरेको र त्यसले नेपालको साइबर कानुनलाई उल्लंघन गरेको भन्दै प्रहरीले तामाङसहित फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो । विशेष टोलीले उनीहरूलाई कंलकीबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतले भन्यो,‘उनीहरूलाई साइबर क्राइम अपराधमा अनुसन्धान जारी छ, मुद्दा लगाउने तयारी भएको छ ।’

यसअघि पनि यस्ता उत्तेजित अन्तरवार्ता र अश्लील भिडियो कलाकारिताका नाममा नभएका होइनन् । तर प्रहरीले साइबर क्राइम मुद्दामा यस्ता गतिविधिमा तामाङलगायतलाई पक्राउ गरी नियमन गर्न थालेको हो ।

नेपालमा यस्ता अन्तरवार्ता र भिडियोको सुरुआत पोर्नस्टार बन्छु भन्ने लक्ष्य नै राखेकी अर्चना पनेरुदेखि सुरु भएको थियो । पनेरु नेपालमा भए उनलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरीको लक्ष्य छ । तर, पनेरु अहिले भने भारततिर रहेको हुनसक्ने बताइएको छ । पनेरुलाई लिएर केही कलाकारले फिल्म समेत बनाएका थिए ।