८ कार्तिक २०८३, आइतबार

सवारी चलाउँदा मोबाइलमा कुरा गर्ने २९ हजार चालक कारबाहीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् । उनीहरूबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजश्व उठाएको छ । यो कारबाहीमा कम्तीमा पाँच सय जरिवाना तोकिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गत आर्थिक वर्ष ०७४/७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३ सय ५ चालक कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनमा यो तीन गुणा बढी हो ।

आव ०७३/७४ मा १० हजार ८८ चालक कारबाहीमा परेका थिए । गाडी चलाउने क्रममा मोबाइल फोनको प्रयोग दुर्घटनाको एउटा प्रमुख कारण रहेका ट्राफिक प्रहरी बताउँछन् ।

सबैभन्दा धेरै पूर्वी क्षेत्रका चालक कारबाहीमा परेका छन् । गत वर्ष काठमाडौं उपत्यकामा एउटै चालक कारबाहीमा नपरे पनि यो वर्ष धेरै कारबाहीमा परेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए ।