
काठमाडौं । कलाकारिता क्षेत्रमा लागेको बिहेको मौसमले एक जना गायकलाई पनि छाडेन । अभिनेता, अभिनेत्रीहरु वैवाहिक जीवनमा प्रवेश गरिरहेका बेला संगितकार तथा गायक विनोद ढकाल पनि प्रणय सम्बन्धमा बाँधिएका हुन् ।
तिलोत्तमा–३ शंखरनगरकी प्रतिक्षा भण्डारीसँग उनले यसै साता बिहे गरेका हुन् । भण्डारीसँग रहेको प्रेम सम्बन्धलाई उनले बैवाहिक जीवनमा परिणत गरेका हुन् ।
विभिन्न म्युजिक भिडियो र फिल्ममा समेत संगीत र गायनमा ख्याती कमाइसकेका ढकालले बिहेका लागि स्वरुप नै परिवर्तन गरेका थिए । उनलाई गायनका साथै डेडलक कपाल र दाह्रीका कारण पनि चिनिने गरिएको थियो ।















प्रतिक्रिया