paisaकाठमाडौं, ३ फागुन । भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ ।
राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको १८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
यही समितिअन्तर्गत बागमती किकास आयोजना सञ्चालित छ। मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ ।
उक्त क्षेत्र काठमाडौं महानगरपालिका वडा ६, ८ र ९, गोकर्णेश्वर र कागेश्वरी नगरपालिकामा पर्छ ।















प्रतिक्रिया