४ कार्तिक २०८३, बुधबार

महिला साफ : बंगलादेशविरुद्ध खेल्दै नेपाल

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । साफ च्याम्पियनसिप महिला फुटबल अन्तर्गत शनिबार नेपालले बंगलादेशविरुद्ध खेल्दैछ । सेमिफाइनलमा पुगिसकेका दुवै टोली दबाब मुक्त रहेपनि समूह विजेता बन्दै भारतसँगको टकरावबाट पन्छिन चाहान्छन् ।

सहिद रंशगालामा शनिबार हुने खेलको विजेता टोली समूह ए को विजेता बन्दै सेमिफाइनल पुग्नेछ भने पराजित उपविजेता बन्दै सेमिफाइनलको खेल तय गर्नेछ ।

साफ च्याम्पियनसिपको ईतिहासमा दुवै टोली पहिलो पटक समुह चरणमा भिड्न लागेका हुन् ।

नेपाल र बंगलादेश दुवै समान ३ अंक रहेको छ । यद्दपी गोलअन्तरका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । समूह विजेता बन्नका लागि नेपाललाई आजको खेल बराबर गरे पर्याप्त हुने छ ।