८ कार्तिक २०८३, आइतबार

विशेष महाधिवेशनका लागि कांग्रेसमा हस्ताक्षर अभियान, को–को थिए भेलामा ?

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महासमिति बैठक समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै जितेर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा एकपटक मात्रै अवसर दिने विषयमा प्रतिबद्धता जनाए पनि केन्द्रीय समितिबाट बहुमतले विधान पारित गर्दा यो विषय हटाएकोप्रति कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन् ।

शुक्रबार अनामनगरमा बसेको नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको गोप्य भेलाले विशेष महाधिवेशन बोलाउन आवश्यक पर्ने ४० प्रतिशत महाधिवेशन प्रतिनिधि पु-याउन सबै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको हो ।

‘सभापति र नेताले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न जितेर आउने, आरक्षण र समानुपातिकमा एक व्यक्ति दोहोरिरहन नपाउने विषयलाई महासमिति बैठकको समापनमा प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरूको प्रतिबद्धतापछि महासमिति समापन सहज भएको थियो,’ नुवाकोट कांगे्रस सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘तर, महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्टाएपछि विधानलाई टेकेर हामीले विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेका हौँ ।’

सभापति शेरबहादुर देउवाले आफूहरूको माग पुनर्विचार नगरेको भन्दै ७७ जिल्लामा हस्ताक्षर अभियान चलाउने पौडेल–सिटौला पक्षको तयारी

केन्द्रीय समितिले महासमितिको निर्णयलाई उल्ट्याएको विषयमा ५६ जिल्ला सभापतिहरूले पार्टी नेतृत्वलाई आग्रह गरे पनि बेवास्ता गरेपछि विशेष महाधिवेशन बोलाउने बाटोमा अग्रसर भएको उनले बताए । ७७ वटै जिल्लामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्दा सभापतिहरूले अग्रसरता लिने उनीहरूले गरेका छन् ।

पार्टी संस्थापनले जितेका जिल्लामा सभापतिमा निकटतम प्रतिद्वन्द्वी बनेका उम्मेदवारको नेतृत्वमा हस्ताक्षर अभियान चलाइने छ । आफूहरूले केन्द्रीय समितिको निर्णय सच्याउन माग गरे पनि सभापति शेरबहादुर देउवाले आवश्यक समाधानका लागि वार्ताको पहल नगरेकोमा जिल्ला सभापतिहरूले आपत्ति जनाएका छन् ।

काभ्रे कांग्रेस सभापति मधु आचार्यले ४ चैतमा बस्ने केन्द्रीय समिति बैठकबाट पार्टी नेतृत्वले निर्णय पुनर्विचार गर्ने पर्खाइमा आफूहरू रहेको जानकारी दिए । ‘महासमितिको निर्णय केन्द्रीय समितिले उल्ट्याएकोमा हाम्रो असन्तुष्टि हो,’ आचार्यले भने ।

को–को थिए भेलामा ?

मधु आचार्य (काभ्रे), जगदीश्वरनरसिंह केसी (नुवाकोट), सबुज बानियाँ (काठमाडौं), हिमालय कर्माचार्य (इलाम), लीला बोखिम (ताप्लेजुङ), विकास लामा (सिन्धुपाल्चोक), खड्गबहादुर शाही (मुगु), अमरसिंह पुन (रोल्पा), नरेशकुमार श्रेष्ठ (खोटाङ)