लण्डन, २ चैत । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्याइएको छ ।
अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्याउने निर्णय गरेको हो।
बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह(आयोजक राष्ट्रका रूपमा कुवेत र ओमानमध्ये एक देश थप्ने भएको छ ।
अमेरिकी देशमा हुने लागेको सन् २०२६ को विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेको छ । यसपटकको विश्वकप नोभेम्बरमा सुरू भएर डिसेम्बरमा सकिनेछ । अब सहभागी देशको संख्या बढेपछि प्रतियोगिताको मिति पनि लम्बिएको छ ।
फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएकोमा अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।
बैठकले क्लब विश्वकपमा सहभागी टिमको संख्या २४ पुर्याउने भएको छ । युरोपियन क्लबले बहिष्कार गर्ने चेतावनी गरिरहेका बेला फिफाले भने २०२९ बाट सुरू हुने विश्व क्लब विश्वकपमा सहभागिता जनाउने टिमको संख्या २४ पुर्याएको हो । एजेन्सी















प्रतिक्रिया