५ कार्तिक २०८३, बिहिबार

पढ्नुहोस्, बिनिता कार्कीको दमदार गजल

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गजल

कस्तो हुन्छ जिउँदो लास हेरेर जानुहोस्
आउनुहोस् यो छातिमाथि टेकेर जानुहोस्

मन्दिर खोज्दै दर्शन गर्न आउनु भएको रहेछ
हिँड्नुस् मेरो घर, बाआमालाई ढोगेर जानुहोस्

साथ हुन्जेल खुसी कहिल्यै दिइनस् भन्नुभयो
कमसे कम जाने बेलामा त हाँसेर जानुहोस्

तपाईंको छोरीको बलात्कारी कहिल्यै भेटिँदैन
प्रहरी साप ! आमालाई यो सत्य भनेर जानुहोस्

हातगोडा भाँचेर हुन्न म आवाज भएको मान्छे
सरकार ! मेरो शिर वा जिब्रो काटेर जानुहोस्

‍‍…
-बिनिता कार्की