बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

महिला साफ : माल्दिभ्स बाहिरियो, भारत र श्रीलंका सेमिफाईनल प्रवेश

दैनिक नेपाल २०७५ चैत १ गते १७:४३

काठमाडौं, १ चैत । श्रीलंका र भारत साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘बी’ अन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

हारँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

विराटनगरमा शुक्रबार भएको खेलमा श्रीलंकाकी चलानीकुमारी इकानायाकेले दुवै गोल गरिन् ।

समूह ‘बी’को समुह विजेता टोलीको टुङ्गो भने आगामी आईतबार लाग्नेछ । समुह चरणको अन्तिम खेलमा आगामी आईतबार भारत र श्रीलंका भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित