
विराटनगर, ३० फागुन । पाँचौँ साफ महिला फुटबलअन्तर्गत बिहीबार भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ ।
विराटनगरको शहीद रङ्गशालामा बिहीबार भएको खेलमा बङ्गलादेशले भुटानलाई हराएको हो । खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औँ मिनेटमा खातुनले दोस्रो गोल गरेकी थिइन् ।
बिहीबारको खेलमा पराजित भएसँगै भूटान प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।
यसैबीच नेपाल भने साफको सेमिफाइनलमा पुगेको छ । अब नेपाल र बंगलादेश समूह विजेताका लागि चैत्र २ गते आमने सामने हुनेछन्।
शुक्रबार समूह ‘बी’ अन्तर्गत श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।















प्रतिक्रिया