मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

कामना सेवा बैंककोे ७३औं शाखा बर्दिवासमा

दैनिक नेपाल २०७५ फागुन ३० गते १६:४२

काठमाडौँ, ३० फागुन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं ०१, बर्दिबासमा शाखा विस्तार गरेको छ । यो शाखा बैंकको ७३औं शाखा कार्यालय हो ।

बैंकका सञ्चालक भीम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले यससँगै प्रदेश नं. २ मा छ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए । उनले बैंकको आगामी रणनीति तथा बैंकले प्रदान गर्दै आएका बैंकिङ सुविधाहरुको बारेमा समेत जानकारी गराए ।

बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध राउँदै आएको जनाएको छ ।

काठमाडौं–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा कार्यालय तथा २९ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले अन्तर शाखा कारोबार, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित