मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

रोनाल्डो बने विश्वको सर्वाधिक ‘लोकप्रिय’ खेलाडी, तेस्रो स्थानमा मेस्सी

दैनिक नेपाल २०७५ फागुन ३० गते १३:३८

काठमाडौं, ३० फागुन । विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वको सवार्धिक लोकप्रिय खेलाडी बनेका छन् ।

इटालियन क्लब युभेट्सका पोर्चुगिज फरवार्ड रोनाल्डो बास्केटबल खेलाडी लेबोर्न जेम्स र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै विश्वका लोकप्रिय खेलाडीको पहिलो स्थानमा रहेका हुन् ।

खेलकुदको लोकप्रिय अनलाइन इएसपीएनले सार्वजनिक गरेको विश्वको एक सय लोकप्रिय खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । इएसपीएनले निकालेको ’इएसपीएन वर्ल्ड फेम–१००’ को सूचीमा रोनाल्डो लगातार चौंथो बर्ष शीर्ष स्थानमा रहेका हुन् ।

विश्व प्रशिद्द खेलाडी बन्ने क्रममा रोनाल्डोले बास्केटबल खेलाडी लेबोर्न जेम्स र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि बनाएका हुन् । अमेरिकन बास्केटबल स्टार जेम्स दोस्रो स्थानमा रहदा अर्जे्न्टिनाका मेस्सी तेस्रो स्थानमा रहेका छन् ।

सूचीको चौंथो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार रहेका छन् । पाँचौ स्थानमा युएएफसी फाइटर कोर्नर मेक ग्रिगोर रहेका छन् ।

यस्तै टेनिसका रोजर फेडेरर छैटौं, क्रिकेटका विराट कोहली सातौं, टेनिसका राफायल नाडाल आठौं, बास्केटबलका स्टेफेन कुरी नवौं र गल्फका टाइगर्स उड दशौँ स्थानमा रहेका छन् ।

इएसपीएनले करिब ८ सय चर्चित खेलाडीबाट सर्वेक्षण गर्दै लोकप्रिय खेलाडी निकालेको हो । -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित