
काठमाडौँ । तनहुँका गायक बसन्त विश्वकर्माको पछिल्लो गीत ‘कुखुराको भाले’ भाइरल बन्न थालेको छ ।
उनीसहित प्रीति आले, राजु ढकाल र कला लम्सालको आवाज रहेको रोइला दोहोरी गीत ‘टीकटक’ लगायतका सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
बसन्तकै यूट्युब च्यानबाट अघिल्लो शुक्रबार सार्वजनिक गरिएको गीतमा बसन्त स्वयंको शब्द र संगीत रहेको छ । गीतको भिडियोलाई अहिलेसम्म डेढ लाखले हेरेका छन् ।
भिडियोमा बसन्तसँगै, प्रीति आले, राजु ढकाल र सबिता आलेको अभिनय रहेको छ । सानैदेखि गीत गाउने रहर बोेकेको एउटा केटाको विषयमा भिडियो बनाइएको छ ।
गाउँमा जातीय छुवाछुतको मार खेपेको केटा परिवारसहित तराई बसाईँ सर्छ तर, उसको गीत गाउने रहर मर्दैन । एकदिन ऊ कुखुराको भाले बोकेर गीत गाउन भन्दै काठमाडौँ आउँछ । तर, बिडम्बना उसले त्यो भाले बेच्न नपाउँदै मर्छ ।
यस्तै परिवेशमा भिडियो निर्माण गरिएको छ । तर, भिडियोको अवधारणा आफ्नो जीवनसँग भने मेल नखाएको गायक विश्वकर्माले दैनिक नेपाललाई बताए ।
बसन्तले यसअघि ज्यानमाया, शितको थोपा मुना मुनामा, गल्लाले, नौजाले लगायतका गीत बजारमा ल्याइसकेका छन् ।
हेर्नुहोस् भिडियो















प्रतिक्रिया