मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

यी हुन् टेष्ट क्रिकेटमा परिवर्तन हुने नियम

दैनिक नेपाल २०७५ फागुन २९ गते १७:४९

काठमाडौं, २९ फागुन । विश्वको पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले टेष्ट क्रिकेटका केहि नियम परिवर्तन गर्ने भएको छ ।

टेष्ट क्रिकेटको नियम परिमार्जनका लागि एमसीसीले कमिटि समेत गठन गरिसकेको छ ।

इंल्याण्डका पूर्वकप्तान माइक गटिङको नेतृत्वमा भारतका सौरभ गांगुली, बंगलादेशका शकिब अल हसन, श्रीलंकाका कुमार संगाकारा र अष्ट्रेलियाका शेन वार्न रहेको एक कमिटि तयार भएको छ ।

यी हुन् परिवर्तन हुने नियम

१. ओभर बोलाईएको ४५ सेकेण्डपछि स्कोर बोर्डमा समय देखिनेछ । जसमा नयाँ ब्याट्सम्यान आउनेमा ६० सेकेण्ड र बलर परिवर्तनको लागि ८० सकेण्डको समय हुनेछ ।

त्यस समयमा दुवै पक्ष तयार हुँदैनन् भने चेतवानी प्राप्त गर्ने छन् । चेतवानीपछि पनि ढिला गरे पेनाल्टी स्वरुप बिपक्षि टोलीलाई ५ रन दिइने छ ।

२. हरेक विकेट गएपछि र ड्रिङ्क्स ब्रेकमा पनि समय निर्धारण गरिएको हुनेछ । सो समय भने पिच र ड्रेसिङ रुमको दुरी अनुसार राखिने हुँदा रंगशाला अनुसार फरक पर्ने छ ।

३. डिआरएस रिभ्युमा केहि समय छोट्टाइने छ ।

अहिलेको जस्तो पालै पालो सबै जाँच नगरी मिलेसम्म सबै एकै चोटी जाँच हुनेछ । जस्तै, एलबिडब्लु र बल ट्रयाकिङ एकै पटक हुनेछ । यस्तै प्रयोग हुने बलका विषयमा पनि परिवर्तन हुने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित