बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

पाँच दिनमै ट्रेन्डिङमा पर्‍यो भागिरथको ‘जाउँला बरिलै’

दैनिक नेपाल २०७५ फागुन २९ गते ११:३४

काठमाडौँ । युवा गायक भागिरथ चलाउनेको पछिल्लो गीत ‘जाउँला बरिलै’ यूट्युबमा सार्वजनिक भएको पाँच दिनमै ट्रेन्डिङमा प्रवेश गरेको छ ।

शनिबार साँझ सार्वजनिक गरिएको गीत बुधबार बिहानसम्म १ लाख ८८ हजार बढीले हेरिसकेका छन् भने यूट्युब ट्रेन्डिङको ४५ नम्बरमा छ । गीतमा चलाउनेलाई चर्चित गायिका विष्णु माझीले साथ दिएकी छन् ।

गायक चलाउने र सन्तोष विसीको पहलमा गीत रेकर्ड गरिएको हो । गीतमा सानो र ठूलो जातको युवा युवतीको प्रेम कथालाई गीतमा ढालिएको छ । यो गीतको लय र शब्द कसरी जुर्यो भनेर सोधिएको जिज्ञासामा गायक चलाउनेले भने, ‘काम गर्दै जाँदा धुन मिठो बन्यो । साथीहरूसँग सल्लाह गरेँ । गीत रेकर्ड गरायौँ । गीत राम्रो बनेको छ भनेर प्रतिक्रिया आएको छ ।’

उनले यो व्यथा र कथा अहिले पनि गाउँका युवा र युवतीमा कायम रहेको समेत उल्लेख गरे । भन्छन्, ‘गीतमा भएको कथा र शब्दहरू अहिले पनि गाउँघरतिर देख्न र सुन्न पाइन्छ ।’

गीतमा तल्लो जातको युवकले माथिल्लो जातकी युवतीसँग गरेको प्रेम र ती दुई जोडीले खेप्नु परेको पीडा तथा गाउँ समाजको अन्यायलाई देखाइएको छ ।

उनले पाँच दिनमै ट्रेन्डिङमा परेपछि सम्पूर्ण दर्शकलाई धन्यवाद दिएका छन् । दर्शकहरुको मायाले गीत छिट्टै नै ट्रेन्डिङको उकालोमा लाग्ने गायक चलाउनेको विश्वास छ ।

म्युजिक भिडियोमा राखिएको कथाको परिकल्पना पनि गायक चलाउनेले गरेका हुन् । म्युजिक भिडियोको कथा र गीतका शब्दमा तल्लो जातको युवकले माथिल्लो जातको व्यक्तिलाई रगत दिएको चल्ने तर, मायाप्रेम किन नचल्ने भनेर प्रश्न उठाइएको छ ।

गीतमा शब्द सन्तोष विसी र भीम लामाले लेखेका छन् । विसी र लामाले लेखेका गीतका शब्दहरू दमदार छन् । गीतको लय भने गायक भागिरथ लचलाउने स्वयंले बनाएका हुन् । गायक चलाउनेले यो गीतबाट प्रशंसा पाएका छन् ।

मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘जाउँला बरिलै’का एरेञ्जर विनोद बाजुराली हुन् । गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् । मिक्सि खड्ग बाजुरालीले गरेका हुन् ।

करण चैसिरको छायाँकन रहेको म्युजिक भिडियोको निर्देशन र सम्पादन प्रवीन भट्टको रहेको छ । म्युजिक भिडियोमा देवेबन्द्र बब्लु, रविना अधिकारी, जुना गुरुङ, कल्याण रत्न कार्की, उदय कार्की, पूर्णिमा कार्की, ध्रुब कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित