बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

भुटान ३-० ले पराजित

दैनिक नेपाल २०७५ फागुन २८ गते १७:३८

काठमाडौँ, २८ फागुन । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे ।

नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो । पहिलो हाफ सकिदा नेपालले २–० गोलको अग्रता दिलाएको थियो । मन्जलीले खेलको १३ र सावित्राले १६ मिनेटमा गरे । यद्यपी, नेपालले पहिलो हाफमा पाएका आधा दर्जन अवसरलाई भने सदुपयोग भने गर्न सकेन ।

सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् ।

खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । प्रतियोगिताको दोस्रो खेल बुधबार भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित