
काठमाडौं । बिहेको तयारी गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी ‘प्रि–हनिमुन’विदामा इन्डोनेशीयाको बालीमा रमाइरहेका छन् ।
फूलमाला गरीसकेको यो जोडीले बालीमा रमाइरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको हो । तरयो जोडी केहीदिन अघिसम्म सामाजिक अभियानका लागि धनुषाका विद्यालयमा पुगेको थियो ।
आजभोली फिल्ममा व्यस्त नरहेका कारण यो जोडी भ्रमणमा व्यस्त रहेको छ ।
उनीहरूले सार्वजनिक गरेका तस्बिरमा गतिला प्रतिक्रिया भने आएका छैनन् । एक जनाले लेखेका छन्,‘नेपाली कलाकार किन चटक देखाउँछन् ?’ कतिपयले सोधेका छन्,‘के यो प्रि–हनिमुन हो ?’
















प्रतिक्रिया