आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

के सरस्वती प्रतिक्षा साहित्यकी ग्ल्यामर हुन् ?

दैनिक नेपाल २०७५ फागुन २७ गते १६:२३

काठमाडौं । अघिल्लाे वर्ष बजारमा आएको ‘नथिया’ उपन्यासकी लेखिका हुन्, सरस्वती प्रतिक्षा । त्यसअघि साहित्यबजारमा उनको चर्चा चल्न सुरु गरेको थियो । नथियाको विवाद र मुद्दाका कारण उनी साहित्य क्षेत्रको बातचितको पात्र स्वभाविक ढंगबाट बनेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आएका खबर भ्रम पनि रहेको भन्दै खण्डन गरेकी छन् । अन्तिम फैसला नआउँदासम्म नथिया प्रकरणका विषयको उल्झनमा नरहन पनि भनेकी छन् ।

साहित्य बजारमा सरस्वतीको लेखन ‘ग्ल्यामर’ र प्रतिक्रिया दिने शैलीको कानेखुसी कम हुँदैन । उनका आफ्नै निर्णय र त्यसपछि सामाजिक सञ्जालमा जारी गरिएका अभिव्यक्तिसहित जानकारीका कारण पनि चर्चामा हुने गरेकी छन् ।

पोखराबाट उदाएकी यी लेखिकाको सौन्दर्यता रूपमा मात्र होइन, लेखनमा पनि रहेको टिप्पणी त भएकै छ । साथमा उनका व्यवाहारका विरोधाभाषको पनि ‘गसिप’ चलिरहेकै छ ।

पारिवारिक जीवनमा पतिसँग सम्बन्ध बिच्छेद गरेकी उनको वादी समुदायबाट नथियामाथि लागेको मुद्दा भन्दा पनि एउटा फेसबुक स्ट्याटसले निक्कै चर्चा पाएको थियो । त्यो पूर्वपतिसँगको संयुक्त कफीगफको तस्बिर, सार्वजनिक ।

खासगरी सम्बन्धविच्छेद गरेका पतिसँग कुनै पनि प्रकारको सरोकार नहुने आम मान्यताविरुद्ध उनले लन्च डेट गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

पूर्वपति ठाकुर पन्तसँगको उक्त भेटपपछिको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी थिइन्,‘सम्बन्ध विच्छेद गरेको तीन बर्ष पुरा भई चार बर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग भेटेर लन्च गरियो । सम्बन्ध विच्छेदपछि आफूले बाँचेको जीवनको समिक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेद पनि एउटा उत्सब बनिदिदो रहेछ ।’

समाजको सिधा मान्यतालाई फरक धारबाट बुझाउन कोशीश गर्ने र व्यवाहार पनि त्यसै प्रकृतिबाट अघि बढाउने गरेका कारण नेपाली साहित्य बजारमा सरस्वतीको चल्तीफिर्ती बढ्न थालेको छ ।

तस्बिरहरू : सरस्वती प्रतिक्षाका फेसबुक वालबाट लिइएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित