बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

यी नायिका सौतेनी आमाको प्रशंसक

दैनिक नेपाल २०७५ फागुन २७ गते ८:१६

मुम्बई । बलिउड नायिका सारा अली खानमा अहिले खुब आत्मविश्वास पलाएको छ । उनको दोस्रो फिल्म ‘सिम्बा’ले दुई सय करोडमाथिको व्यापार गरेको छ ।

अहिले उनको हातमा कैयौँ ठूला बजेटका फिल्म छन् । साराले हालै दिएको एक अन्तर्वार्तामा आफू र सौतेनी आमा करिना कपूरबीचको सम्बन्धलाई लिएर केही कुरा खोलेकी छिन् ।

सारालाई सोधिएको थियो कि उनी सौतेनी आमा करिनालाई के भन्न चाहन्छिन् । त्यतिवेला उनले भनिन्, ‘म सधैँ करिना कपूरको फ्यान हुँ । श्रीदेवीपछि म करिना कपूरको फ्यान हुँ ।’

उनले आफू र करिनाको सम्बन्ध निकै राम्रो रहेको र आफू आफ्ना पिता सैफ अलीको जुनसुकै खुसीमा पनि खुसी हुने बताएकी छिन् । उनले यी सबका लागि आफ्नी आमा अमृता सिंहले नै सहयोग गरेकोसमेत बताइन् । ‘आमाले नै मलाई पापाको करिनासँग दोस्रो विवाहलाई स्विकार्न सक्ने बनाएकी थिइन्,’ साराले भनेकी छिन् ।

अहिले सारा नयाँ फिल्म लब आजकल २ को सुटिङमा व्यस्त छिन् । सामाजिक सञ्जालमा उनी र अभिनेता कार्तिक आर्यनको चुम्बन दृश्य चर्चित भइरहेको छ । सारा र कार्तिक प्रेममा छन् । तर, सो भिडियो फिल्मकै एक दृश्य भएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित